परीक्षण कम गरेर कोरोना संक्रमितको सङ्ख्या घटाउँदै मन्त्रालय



न्युज अफ नेपाल, काठमाडौं ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ हजार ५५ जनाको पिसिआर परिक्षण गरिएको थियो । गत एक साताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलाई नियाल्दा पिसिआर परिक्षणको संख्या नै घट्दो क्रम भएकै कारण संक्रमितको संख्या कम भएको कुरा स्वास्थ्यकर्मीहरुको भनाई छ । संक्रमितको संख्या उच्च स्तरमै रहेको र कूल परीक्षणको ३० देखि ३५ प्रतिशतमा अझै संक्रमण पुष्टि भइरहेको तथ्यांकले देखाईरहेको अवस्थामा कोरोना संक्रमण घट्यो भन्नु नागरिकलाई झुक्याउने जस्तो भएको स्वास्थ्य मन्त्रालय स्रोतको दाबी छ ।

पछिल्लो समय देशभर सरकारी र नीजि गरी ९० वटा ल्याबमा कोरोना परीक्षण हुँदै आएको छ । यसका साथै भारत र नेपालको सिमा नाका तथा स्थानीय स्तरमा एन्टिजेन मार्फत परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले उल्लेख गर्दै आएको छ । नमूना संकलन नै कम भएकाले परिक्षण घटेको बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल पनि स्वीकार्नुहुन्छ । उहाँका अनुसार अझै पनि परीक्षणलाई समुदाय स्तरमा लैजान सकिएकै छैन । अहिलेको अवस्थालाई हेर्दा अधिकांस पिसिआर परिक्षण लक्षण देखिएर अस्पतालमा स्वास्थ्य संस्थामा आई नमूना दिनेको मात्र सहज परीक्षण भइरहेको छ । स्थानीय तहमा भएको एन्टिजेन परीक्षणको रिर्पोट कमैमात्र छ ।

मन्त्रालयले ११ लाखको हाराहारीमा एन्टिजेन किट सम्पूर्ण स्थानीय पालिका तहमा पठाएको छ । तर, कहाँ–कति परीक्षण भइरहेको छ । त्यसको नतिजा अझै राम्रोसँग मन्त्रालयलाई आइसकेको छैन । संक्रमितको तथ्यांक दर्ता गर्ने एप्प (आएमयू ) राख्न निर्देशन दिएपनि आएमयूमा इन्ट्री कम भएका कारण थप समस्या भएको पौडेलको भनाई छ ।

डा. नरेन्द्र कुमार झा

स्वाथ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विगत एक साताको तथ्यांक अनुसार पनि कोरोना संक्रमितको संख्या घटेको छैन र परिक्षण नै घटेको छ । स्वास्थ्य विज्ञहरुले पिसिआर परिक्षण गाउँ गाउँ सम्म पुर्याएर संक्रमितलाई समयमै सचेत गराईएन भने अब शहरमा हैन गाउँ गाउँमा कोरोना संक्रमितको महामारि फैलन्छ भनिरहेका छन् ।

शहरी भेगमा संक्रमण घट्दो क्रममा गाउँमा बढ्दो

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झा भन्नुहुन्छ–अहिलेको नयाँ ‘भेरियन्ट’ बाट संक्रमित धेरै बढेका छन् । त्यसकारण संक्रमण न्युनीकरण गर्नमा हाम्रो प्रयास जारी छ । शहरी भेगमा संक्रमण घट्दो क्रममा छ । यसको प्रमुख कारण समयमै परिक्षण र आईसोलसन नै हो । शहरबाट धेरै मानिस गाउँमा गएका छन् । उनीहरु खुलेआम धेरै मानिससँग सम्पर्कमा आएका छन् र पिसिआर परिक्षण पनि गाउँमा ढिलो भयो । यीनै कारणले गाउँमा संक्रमण

 फैलिएका अधिकांस घरमा कोही न कोही कोरोना संक्रिमित भएकै छन् । गाउँमा शहरको जस्तो माक्स लगाउँने र दुरी कायम गर्ने पनि छै । साधारण घर, साँघुरो बस्ती, खाना खाने, बस्ने, शौचालय प्रयोग पनि एउटै भएकाले छिटो कोरोना संक्रमण फैलिन्छ ।

गाउँ गाउँमा खेतिको सिजन छ । किसानहरुले कोरोना संक्रमणको लक्षण देखिए पनि परिक्षण गरे कामबाट बन्चित हुनुपर्ला भन्दै परिक्षण नै नगर्ने र जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउँने र त्यतिञ्जेल घरपरिवार र समाजमा कोरोना फैलिसकेको अवस्था रहेकोले गाउँमा धेरै फैलिएको डा. झा बताउँनुहुन्छ ।

कोरोनालाई हेलचेक्र्याइँ नगरौँ, पीसीआर परीक्षण गराई केस पहिचानमा सहयोग गरौँ

  • संदीप केसी

        स्वास्थ्य शाखा प्रमुख, धुलिखेल नगरपालिका

“जहाँ समस्या त्यहाँ स्वास्थ्यकर्मीको सेवा । धुलिखेल नगरमा सवैभन्दा बढि कोरोना संक्रमण देखिएको वडा नं. ११ मा चौथो पटक वस्तीस्तरमा स्वाब संकलन गरिएकोमा ५२ जनाको स्वाब संकलन गरिएकोमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनालाई हेलचेक्र्याई नगरौं पि सि आर परीक्षण गराई केश पहिचानमा सहयोग गरौं । संक्रमित सबैले होम आइसोलेशनका नियम पुर्ण रुपमा पालना गरौं । आफु बचौं, निर्दोश परिवारका सदस्य तथा सहकर्मीहरुलाई सुरक्षीत राखौं ।”

केसी भन्नुहुन्छ–कोरोना संक्रमितको संख्या घटेको छैन, परिक्षण मात्र घटेको हो । कोरोना संक्रमण झन बिकराल रुपमा फैलदै छ । दैनिक करिब २० हजारको हाराहारीमा पिसिआर परीक्षण हुँदै आएकोमा पछिल्लो समय १० देखि १२ हजार को संख्यामा मात्र पिसीआर परिक्षण भैरहेको अवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले स्पष्ट पारेकै छ ।

प्रतिक्रिया दिनुहोस्