काठमाडौंमा थप १०६० जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा १०६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा २१५ जना र ललितपुरमा २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै आज उपत्यकामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज देशभर थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६८ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्