विवेकशील साझाका नेता उज्वल थापाको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्वल थापाको निधन भएको छ । उनको केही बेरअघि निधन भएको मेडिसिटी अस्पतालले जानकारी दिएको हो । कोरोना संक्रमण पुष्टि भएपछि थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो ।

उनकाे राजधानीस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको थियाे । थापा नेपाली राजनीतिमा वैकल्पिक राजनीतिको पक्षमा अनवरत खटिँदै आएका थिए । सादा जीवन उच्च विचारका पर्याय नेता थापा जनअधिकारका हरेक सवालमा सक्रिय रुपमा अग्रपङ्क्तिमा देखिन्थे । उनी एकमात्र यस्ता नेता हुन् जो पार्टी अध्यक्षमा आफ्नो कार्यकाल सकिएपछि पदमा दोहोरिएनन् । नयाँ पुस्तालाई अगाडि सार्ने भन्दै उनी पार्टीको चुनावमा उठेनन् ।

 

प्रतिक्रिया दिनुहोस्