२४ घण्टामा थप ६,०८५ जनामा कोरोना संक्रमण पुष्टि, ६८ को मृत्यु, ६,८९८ डिस्चार्ज



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ६०८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १७,१४७ जनामा पीसीआर र ३,०१८ जनाको एन्टिजेन परीक्षण गर्दा ६,०८५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ६८ जनाको कोरोना संक्रमणबाट मृत्य भएको छ । भने ६,८९८ कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्