खिजीदेम्बा गाँउपालिकाले कोभिड नियन्त्रणका लागि चालेको नमुना कदम



लिला सुनुवार, ओखलढुंगा ।

नेपालमा कोरोना भाईरसको पहिलो भेरियन्ट देखा परे देखि नै कोरोना भाईरस (कोभिड १९) नियन्त्रणमा उच्च सर्तकता अपनाएको खिजीदेम्बा गाँउपालिकाले दोस्रो भेरियन्टको कोरोना भाईरस नियन्त्रणका लागी पनी त्यत्तिकै सतर्कता अपनाएको छ ।

कोरोना भाईरस (कोभिड १९) को दोस्रो भेरियन्ट नियन्त्रणका लागी पालिकामा अक्सिजन सहितको एम्बुलेन्स सुचारु अवस्थामा रहेको छ । साथै आपतकालिन अवस्थामा प्रयोगका लागी ५ वटा अक्सिजन सहितको सिलिन्डर जगेडा पालिकामा रहेको छ ।

गाँउपालिकामा कोभिड संक्रमित बिरामीहरुको उपचारका लागी ५ शैयाको अस्पताल निर्माण गरिएको छ भने उत्त अस्पतालमा डक्टर सहितको स्वास्थ्य कर्मीहरु परिचालित रहेका छन ।

गाँउपालिकाले कोभिड संक्रमित बिरामीको उपचारका लागी पालिकामा रहेका बिभिन्न ५ वटा स्वास्थ्य चौकीमा अक्सिजन कनसनट्रेटर जडान गरेको छ । पालिकाले रगनी स्वास्थ्य चौकी, खिजी चण्डेश्वारी स्वास्थ्य चौकी, खिजी फलाटे अस्पताल, खिजी काती स्वास्थ्य चौकी र रावादोलु स्वास्थ्य चौकीमा अक्सिजन कनसनट्रेटर जडान गरिएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र गौतमले बताएका छन ।

यसै गरि कोरोना संक्रमित बिरामी अस्पताल वा क्वारेन्टाईनमा रहेको बखत बिरामी र एक जना कुरुवाका लागी नि:शुल्क खानाको ब्यबस्था गर्ने गरेको छ ।

गाँउपालिकाले आफ्नै वजेटबाट एन्टिजेन्ट र भिटिएम किट खरिद गरेर कोरोना परिक्षण गर्ने गरेको हाल केहि मात्रामा मात्रै एन्टिजेन्ट र भिटिएम किट रहेका ले थप किट्सहरु खरिद गर्ने तयारीमा रहेको पालिका अध्यक्ष वेद बहादुर रोकाले बताएका छन ।

टोलटोलमा जनप्रतिनिधि र स्वास्थ्यकर्मी

कोरोना भाईरस नियन्त्रणका लागी जनचेतना फैलाउन र कोभिड संक्रमितहरुलाई स्वास्थ्य परार्मश दिन स्वास्थ्य कर्मी सहित टोलटोलमा पुग्ने गरेका छन । दैनिक जसो उनि गाँउगाउ मै डुलि रहेका हुन्छन । संक्रमितहरु लाई भेट्छन सान्त्वाना दिदै एक जिम्मेवार अभि भावाकको भुमिका निर्वाहा गर्छन ।

अध्यक्षको अभियानमा दर्बिलो साथ दिदै आई रहेका छन गाँउपालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्र गौतम र उनि माताहतका स्वाीथ्यकर्मीहरुले । पालिका अध्यक्षले जाउ भन्न साथ पिपिई सेटका साथमा स्वास्थ्य सामाग्री र संक्रमितहरुका लागी औषधी झोलामा हाल्छन र अध्यक्ष सँगै निस्किन्छन अभियान एउटै लिएर । खिजीदेम्बा गाँउपालिका कोरोना मुक्त गर्ने अभियान सफल बनाउन हरेक वडाका जन प्रतिनिधिहरु,स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मी लगायत अन्य सँघ सँस्थाहरु तथा समाजसेवी सबैको सहयोग र समन्वयमा कोरोना सँक्रमणबाट बच्ने र बचाउने कार्य भई रहेको छ खिजीदेम्वामा ।

प्रतिक्रिया दिनुहोस्