लहानमा प्रहरीले नै बन्द पसलबाट रक्सी चोरेपछि (भिडिओ)



न्युज अफ नेपाल, काठमाडौँ ।

इलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन प्रहरीले बन्द पसलबाट रक्सी चोरेपछि निलम्बनमा परेका छन् ।

प्रहरी सहायक निरीक्षक (असई) नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायले जेठ ९ गते आइतबार राति १० बजे लहान नगरपालिका २३ गढिया चोकमा खटिएका बेला बन्द रहेको रक्सी पसलबाट रक्सी चोरेका थिए । उनीहरुलाई प्रहरी नियमावली २०७१ अन्तर्गत निलम्बन गरिएको छ ।

भिडिओ : रेडियो सरगम

प्रतिक्रिया दिनुहोस्