कोरोना पराजित गर्न सचेत बनौँ



पछिल्लो कोरोना लहरमा देश निकै नै दुःखदायी मोडमा पुग्ने देखिएको छ । तर देशमा सरकार जनताप्रति झनै बेवस्ता गर्दै हिँडिरहेको छ । राजनीतिक दलहरु पनि सत्ताको खेलमा दौडिरहेका छन् । पछिल्लो समय प्रदेशहरुमा देखिएको राजनीतिक विचलनले पनि सरकार जनताप्रति कति उत्तरदायी छ भन्ने देखाउँछ ।
हामी जनताले आफ्नो जीउ र धनको सुरक्षा आफैं गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

देशका अधिकांश जिल्लामा लकडाउन जारी छ । हामीले लकडाउन हैन हाम्रो जीवन सुरक्षाका लागि पनि घरमै रहेर महामारी जित्न आवश्यक छ । हामीले यसरी स्वास्थ्य मापदण्ड पु¥याउँदै अत्यावश्यकबाहेकका काममा घरबाहिर ननिस्केर महामारी जित्न सक्छौँ । सबैले मास्क, पञ्जा प्रयोग गर्दै स्वास्थ्यको हेरचाह गरौँ । कोरोना महामारीलाई पराजित गरौँ ।
 शीतल शाही, काठमाडौं ।

 

 

प्रतिक्रिया दिनुहोस्