आगोले जलाइएकी लक्ष्मीको वोर्न अस्पताल कीर्तिपुरमा उपचार हुँदै



विमल विष्ट, काठमाडौं ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा उद्दार गरीएकी डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटको काठमाडौँको कृर्तिपुर स्थित वोर्न अस्पतालमा उपचार सुरु भएको छ । अज्ञात व्यक्तिले यहि जेठ १२ गते बुधबार राती १२ बजे आफ्नै घरमा सुतीरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउदा उनी जलेर गम्भीर घाइते भएकी थिइन् ।

जिल्लामा उपचार गर्न सम्भव नभएपछि प्रधानमन्त्री केपीशर्मा ओलीको निर्देशनमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पहल र अर्थमन्त्री विष्णु पौडेल तथा गृह सचिब महेश्वर न्यौपानेको समन्वयमा घाइते भाटको थप उपचारका लागि काठमाडौ ल्याइएको हो । आगोले जलेर उपचारमा समस्या भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले घाइते महिलालाई काठमाडौँको राम्रो अस्पतालमा तत्काल ल्याएर उपचार गराउन निर्देशन दिनु भएसँगै उहाँलाई काठमाडौँ ल्याइएको बताइएको छ ।
 गृह मन्त्रालयले आज सोमबार एक प्रेस बिज्ञप्ति प्रकासित गरी घाइते भाटको सरकारले निशुःशुल्क उपचार गर्ने जनाएको छ । उहाँको अवस्था खतरा मुक्त भएको उपचारमा संलग्न वर्न अस्पतलाका चिकित्सक डा सुरेन्द्र बस्नेत तथा प्रकृति ज्ञवालीले जानकारी दिनुभयो । घाइते भाटको पेटमा गर्भ रहेका कारण अन्य बिवरण जाँच गरेपछि मात्रै थप अवस्थाका बारेमा भन्न सकिने चिकित्सकले बताएका छन् । यसैगरी मन्त्री आलेले निज घाइते महिलाको उपचारका लागि रु २५ हजार आर्थिक सहयोग समेत प्रदान गर्नु भएको छ ।

डोटीबाट सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याइएकी निज महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुग्नु भइ मन्त्री आलेले उपचारका लागि रकम प्रादन गर्नु भएको उहाँका प्रशासन सहायक भक्त आलेले जानकारी दिनुभयो । आगोले जलेर गम्भीर घाइते भएकी भाटको ६० प्रतिसत सरीरको भाग आगोले जलेको बताइएको छ । घटना कसले घटाएको हो भन्ने विषयमा अहिले सम्म पनि कुनै कुरा खुलेको छैन । यद्दपी घटना घटे लगत्तै लक्ष्मीका श्रीमान सन्तोष भने फरार रहेकाले श्रीमानले नै घटना घटाएर फरार भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्