महामन्त्री कोईरालाद्वारा स्वास्थ्य सामाग्री सहयोग



घनश्याम बगाले, नवलपरासी ।

नेपाली काग्रेसका महांमन्त्री डा.सशांक कोईरालाले आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला पर्वी नवलपरासीका विभिन्न संघसंस्थाहरुलाई स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ । महामन्त्री कोईरालाले सहयोग स्वरुप पठाउन भएका स्वास्थ्य सामाग्री उहाँका स्वकीय सचिव भरत तिवारीले सोमबार सम्वन्धित संघसंस्थामै पुगेर हस्तारण गर्नु भएको हो ।

महामन्त्री कोईरालाले पठाउनु भएको अक्सिजन सिलिण्डर, कन्सन्टेटर, पिपिई, फेस सिल्ड, सेनिटाईजर, मास्कसहित करिब १३ लाख मूल्य बराबरका स्वास्थ्य सामाग्रीहरु रहेका छन् । ती स्वास्थ्य सामाग्री देवचुलीस्थित प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीलाई ३ थान अक्सिजन सिलिण्डर, २ थान कन्सन्टेटर, ४२ थान पिपिई, ५० थान फेस सिल्ड, ३० लिटर सेनिटाईजर, १ दर्जन चस्मा तथा ३ हजार मास्क वितरण गरिएको थियो ।

प्राप्त सामाग्री सोही अनुपातमा गैडाकोटको पितौजी, बुलिड.गटार तथा डण्डा स्थित जिल्ला अस्पतालमा पनि वितरण गरिएको नेपाली काग्रेस नवलपुर जिल्ला सचिव बालकृष्ण घिमिरेले बताउनु भयो । स्वास्थ्य सामाग्रीहरु कोभिडविरुद्धको लडाईमा अग्रमोर्चा रहेका जिल्ला प्रसाशन, जिल्ला प्रहरी, जिल्ला ट्राफिक तथा जिल्ला पत्रकार महासंघलाई समेत वितरण गरिएको छ । गतवर्ष पनि डा. कोईरालाले कोभिड १९ को संक्रमण देखिए लगतै यसरी नै जिल्लाका विभिन्न स्थानीय निकायमा स्वास्थ्य सामाग्रीहरु पठाई सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्