काठमाडौंमा थप ८९० जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौैमा थप ८९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा १२१ जना र ललितपुरमा २५२ जना कोरोना संक्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा आज कूल १२६३ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टमा देशभर थप ४७६२ जनामा संक्रमण पुष्टि भएको छ भने ११४ जनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्