निकेनले जिते चेसको उपाधि



ललितपुर, (नेस) ।
दमक जेसिज अनलाइन चेसको उपाधि भक्तपुरका युवा खेलाडी निकेन कुसथाले जितेका छन् । उनले ९ चरणको प्रतियोगितामा अपराजित रहदै ७.५ अंकका साथ उपाधिमाथि कब्जा जमाए, उनले अन्तिम चरणको खेलमा कृष्ण थापालाई पराजित गरेका थिए ।

त्यस्तै दोस्रो स्थानमा लमजुङका अर्जुन घिमिरे ७.५ अंक जोडे पनि निकेनसँग टाईब्रेकमा पछि परे, त्यस्तै तेस्रो स्थानमा हेटौंडाका क्यान्डिडेट मास्टर कृष्ण थापाले कब्जा जमाए । चौथोदेखि दशौंसम्म क्रमशः बद्रीलाल नेपाली, सुरबीर लामा, सुश्रुत दाहाल, सुमन राई, क्षितिज भण्डारी, रञ्जित राई, र विजेश्वर सेवाचार्य रहन सफल भए । त्यस्तै, महिला तर्फको उपादी सुजना लोहनी, सिनियर (५० वर्ष माथि) को उपाधि पूर्व नेपाल चयाम्पियन पुण्यमान कर्माचार्यले जित्न सफल भए ।

प्रतियोगिता दमक जेसिजको आयोजना तथा प्राविधिक सहयोग डाइनामिक चेस एकेडेमी दमकको रहेको थियो । प्रतियोगितामा जम्मा ७० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्