बूढानीलकण्ठमा विपक्षी दलका शीर्ष नेता छलफलमा



न्युज अफ नेपाल काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।बैठकमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधव कुमार नेपाल पनि सहभागी भएका छन् ।

संसद विघटनपछि पनि सरकारले चुनाव केन्द्रित बजेट ल्याएको तथा चुनाव नै नगराउने नियतका साथ अघि बढिरहेकाले प्रधानमन्त्री ओलीकाविरुद्ध थप राजनीतिक कदम चाल्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।नयाँ प्रधानमन्त्रीका लागि कसैको पनि दाबी नपुगेको भन्दै एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति देउवाको दाबी खारेज गरेकी राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यराति कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्