बजेटमा ‘मेड इन नेपाल र मेक इन नेपाल’



नेपाल समाचारपत्र, काठमाडौं

सरकारले आगामी आर्थिक वर्षको बजेटमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ । स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवम् निकासी प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा सिमेन्ट, औषधि, फलामे डन्डी, फर्निचर र जुत्तालगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निकासी प्रवद्र्धन गर्ने सरकारले सो अभियान शुरू गर्न लागेको हो ।

शनिबार सार्वजनिक बजेटमा घरेलु, साना तथा मझौला उद्योगको उत्पादनलाई बजार प्रवद्र्धन गर्न ‘भर्चुअल ट्रेड–शो’ आयोजना गर्ने उल्लेख छ । त्यस्तै उच्च हिमाली तथा पहाडी क्षेत्रका २द्द जिल्लाका ३३ स्थानीय तहमा ऊन मिसन कार्यक्रममार्फत भेंडा र च्याङ्ग्रा पालनका लागि प्रोत्साहित गरिनेछ । गण्डकी र कर्णाली प्रदेशका हिमाली जिल्लामा ऊन प्रशोधन कारखाना स्थापना गर्ने कार्यक्रम बजेटमा छ ।यसै गरी विद्युतीय सवारी साधन उत्पादन एवम् एसेम्बलिङ गर्ने विश्वका उत्कृष्ट १० ब्रान्डका कम्पनीलाई उद्योग स्थापना गर्न आकर्षित गर्ने बजेटमा कार्यक्रम छ । साथै सवारी साधनको पार्टपुर्जा उत्पादन स्वदेशमै उत्पादन गर्ने कम्पनीलाई कर सहुलियतका अतिरिक्त आवश्यक पर्ने जग्गा सरकारले निःशुल्क भाडामा उपलब्ध गराउने भएको छ ।

सरकारले झापाको दमक, मकवानपुरको मयुरधाप, रुपन्देहीको मोतीपुर, बाँकेको नौवस्ता, कैलालीको लम्की र कञ्चुनपुरको दैजीमा आगामी दुई वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यस्तै सर्लाहीको मुर्तिया, तनहुँको चिन्तुटार, दाङको लक्ष्मीपुर, सुर्खेतको चौरासेमा औद्योगिक क्षेत्र स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा औद्योगिक पूर्वाधार निर्माणका निम्ति २ अर्ब ६६ करोड रुपियाँविनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्