आज १७९ स्थानमा पानी पर्यो, बर्द्दघाटमा सबैभन्दा बढी



न्युज अफ नेपाल, काठमाडौँ । 

जेठ १५ गते बिहान ८:४५ बजे १९४ वटा वर्षा मापन केन्द्रहरु (मानब संचालितः ५५ र स्वचालितः १३९) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरण अनुसार १७९ वटा केन्द्रमा वर्षा भएको छ ।

उक्त केन्द्रहरु मध्ये सबैभन्दा बढी वर्षा (२०४.२ मि. मी.) परासी जिल्लाको बर्दघाट केन्द्रमा भएको छ। मापन गरिएका केन्द्रहरु मध्ये १४३ वटा केन्द्रमा १० मि. मी. भन्दा बढी, १०९ वटा केन्द्रमा २५ मि. मी. भन्दा बढी, ६२ वटा केन्द्रमा ५० मि. मी. भन्दा बढी, २४ वटा केन्द्रमा १०० मि. मी. भन्दा बढी, ११ वटा केन्द्रमा १५० मि. मी. भन्दा बढी र १ वटा केन्द्रमा २०० मि. मी. भन्दा बढी वर्षा भएको छ।

प्रतिक्रिया दिनुहोस्