कोरोनापछि वैदेशिक रोजगारीमा जानेको संख्यामा कमि, एक वर्षमा काभ्रेबाट २,८६४ को श्रम स्विकृत



मोतीराम तिमल्सिना, काभ्रे ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको सूचीमा काभ्रेपलाञ्चोक जिल्ला २२ औ स्थानमा पर्छ । बैदेशिक रोजगारीका लागि आर्थिक वर्ष २०७६/२०७७ को एक वर्षको अवधीमा श्रम स्विकृति लिनेहरुको संख्या २ हजार ८ सय ६४ रहेको छ । कोभिड १९ को संक्रमण पछि वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमी आएको छ ।

विश्व भरी फैलिएको कोभिड १९ को महामारी पछि बैदेशिक रोजगारीमा जाने नेपालीहरु नेपाल फर्कने क्रम बढ्यो । पहिलो चरणमा फैलिएको संक्रमणका कारण नेपाल सरकारले२०७६ चैत्र ९ गतेदेखि गरेको बन्दाबन्दी पछि विभिन्न देशबाट नेपाल फर्केका व्यक्तिहरुको प्रारम्भिक विवरण नेपाल सरकारले संचालन गरेको सामी परियोजनाले राखेको छ । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, भुम्लु गाउँपालिका, रोशी गाउँपालिकामा संचालन भएको उक्त परियोजनाको तथ्याङ्क अनुसार धुलिखेल नगरपालिकामा मलेसिया, खाडीमुलुक र अन्य देशहरुबाट ६२, भारतबाट ३१ गरी ९३ जना फर्किएका छन् ।

मण्डनदेउपुर नगरपालिकामा मलेसिया, खाडीमुलुक र अन्य देशहरुबाट ६४ र भारतबाट ४५ गरी १ सय ९ जना, भुम्लु गाउँपालिकामा मलेसिया, खाडीमुलुक र अन्य देशहरुबाट ३५ र भारतबाट ११ गरी ४६ जना, रोशी गाउँपालिकामा मलेसिया, खाडीमुलुक र अन्य देशहरुबाट ८३ र भारतबाट ३६ गरी१ सय १९ जना नेपाल फर्किएको सिविक फोरमका परियोजना संयोजक बसन्त कुँवरले जानकारी दिनु भयो ।

सिविक फोरमले सामी परियोजना संचालन गरिरहेको छ । चारवटा पालिकामा मात्रै झण्डै चार सय सर्वसाधारण फर्किएका छन् । कोभिडले नेपालमा मात्रै हैन बैदेशिक रोजगारीको क्षेत्रमापनि रोजगार गुमेको सर्वसाधारणले बताएका छन् ।

जिल्लामा आर्थिक वर्ष २०७६/७७मा वैदेशिक रोजगारको लागिसंस्थागत रुपमा म्यानपावर कम्पनीमार्फत २ हजार १ सय २५ र ७ सय ३९ महिला गरी २हजार ८ सय ६४ जनाले श्रम स्विकृति लिएका थिए । त्यस्तै व्यक्तिगत रुपमा १सय५६ पुरुष र ७५ महिला गरी २ सय ३१ जनाले श्रम स्विकृति लिएको तथ्याङ्क रहेको बैदेशिक रोजगार विभागले जानकारी दिएको छ । सामी परियोजनाको कार्यक्षेत्र रहेको ३९ जिल्लाको बैदेशिक रोजगारीमा जाने जिल्ला गत विवरणमा काभ्रेपलाञ्चोक जिल्ला २२ औं स्थानमा छ ।कोभिड १९ को महामारीको समयमा परियोजनाले सवै रिटर्नी स्वयंसेवकहरु र कर्मचारीहरुले सरोकारवाला निकायहरुसँग फोन, ईमेल तथा अन्य विद्युतिय माध्यमको प्रयोग गरि निरन्तर सम्पर्कमा रही अवस्थाका बारेमा जानकारी राखिरहेको परियोजना संयोजक कुँवरले बताउनु भयो । आप्रवासी श्रोत केन्द्रको सूचनातथा परामर्शकर्ताहरुले आलोपालो रुपमा आप्रवासी श्रोत केन्द्रमा उपस्थित भई आवश्यकतानुसार फोन, ईमेल तथा अन्य विद्युतिय माध्यमको प्रयोग गरि सरोकारवाला निकायहरुसँग निरन्तर सम्पर्क रसमन्वयमा रही आवश्यक सेवा प्रदान एवं सहजिकरण गरिरहेको छ ।

प्रत्येक आईतवार सवै रिटर्नी स्वयंसेवकहरु र कर्मचारीहरुलाई परियोजना संयोजक एवं प्रशासनबाट टेलिफोनको माध्यमले सम्पर्क गरी साप्ताहिक अपडेटहरु लिने–दिने र आवश्यक सुझाव र सल्लाह आदान–प्रदान भइरहेको, ४ वटै स्थानीय तहहरुको सामी परियोजना फोकल पर्सनसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको एवं प्रमुख प्रशासकीय अधिकृत तथा स्थानीय तह प्रमुख एवं उपप्रमुखहरुसँग आवश्यकताअनुसार सम्पर्क र समन्वयमा रहेको कुँवरले बताउनु भयो ।

विश्वव्यापी महामारी रुप लिईरहेको र नेपालमा पनि महामारीको रुपमा संक्रमण फैलिरहेको कोभिड१९ को कारण परियोजनाको क्रियाकलापहरु कार्यान्वयन निरन्तर रुपमा अघि बढाउन कठिन भएको कुँवरले बताउनु भयो । ४ वटै स्थानीय तहहरुमा बैदेशिक रोजगारीबाट विप्रेषण प्राप्तगर्ने परिवारका विशेष गरीमहिला सदस्यहरुलाई समेटी गठन गरेको वित्तिय साक्षरता समुहका सदस्यहरुलाई साप्ताहिक २ घण्टा संचालन भइरहेको बित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षामा सहभागीहरुको उपस्थिति नियमित नभएको उहाँले बताउनु भयो । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालद्धारा आयोजना गरेको टेलिफोनको माध्यमबाट प्रदान गर्ने मनोबैज्ञानिक प्राथमिक सहयोग भर्चुअल अभिमुखीकरण कार्यक्रममा परियोजना संयोजक र मनोसामाजिक परामर्शकर्ताहरुको सहभागिता रहेको छ । विकास आयोजना सेवा केन्द्र नेपालद्धारा आयोजना गरेको वित्तिय साक्षरता कक्षा संचालन पुर्नताजगी तालिममा वित्तिय साक्षरता सहजकर्ताहरुको सहभागिता, वित्तिय साक्षरता समुहका सहभागीहरुलाई वित्तिय साक्षरता र मनोसामाजिक परामर्श कक्षा संचालन भइरहेको हप्तामा वित्तिय साक्षरता सहजकर्ताले सहभागीहरुसँग टेलिफोनको माध्यमले कुराकानी गरिरहेको, मनोसामाजिक परामर्शकर्ताहरुले केश फाईल तयार गरी नियमित मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेको सेवाग्राहीहरुसँग टेलिफोनबाट फलोअप गरिरहेको, सामीरहेल्भेटासको कार्यक्रम अधिकृतसँग निरन्तर फोन, ईमेल तथा अन्य विद्युतिय माध्यमको प्रयोग गरि सम्पर्कमा रही आवश्यक अपडेटहरु लिने–दिने र आवश्यक सुझाव र सल्लाह आदान–प्रदान भइरहेको कुँवरले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्