अग्रभागमा खटिने कामदारलाई कोभिडविरुद्धको खोपको व्यवस्था गर्न होटेल व्यवसायीको माग



यमलाल भुसाल, बुटवल ।

होटेल व्यवसायीले कोभिड–१९ को विश्वव्यापी महामारीबाट थला परेको व्यवसाय संरक्षणका लागि घर बहाल कर छुट गर्न र व्यवसायको अग्रभागमा खटिने कामदारलाई कोभिड विरुद्धको खोपको व्यवस्थागर्न माग गरेका छन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले शुक्रवार बुटवमा पत्रकार सम्मेलन गरि कोरोना भाइरसको महामारीका कारण थलिएको पर्यटन क्षेत्रको संरक्षण र सम्वद्र्धनका लागिसरकारले सहुलियत व्याज दरमा ऋणको व्यवस्थागर्न माग गरेको छ ।होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमले निषेधाज्ञाको कारणवाट राज्यलाई बुझाउने मुल्य अभिबद्धि कर तथा अन्य महशुलहरु बुझाउने समयावधी बढाउन र कुनै व्याज जरिवाना नलिने नीति तय गर्न माग गर्नु भएको छ ।

कोभिड १९को दोस्रो भेरियन्टका कारणवाट होटल व्यवसाय पूर्ण रुपमा बन्द भएकाले धेरै स्वरोजगार मुलक व्यवसायी तथा मजदुर कर्मचारीको रोजीराटी गुम्ने अवस्था श्रजना भएकोले त्यस्ता व्यवसायीलाई राज्यतहवाट उचित राहातको व्यवस्था मिलाउन अध्यक्ष गौतमले माग गर्नु भएको छ । व्यवसायीले कोरोना भाईरसका कारण सरकारले निषेधाज्ञा गरेको अवस्थामा सबै होटल रेष्टुरेण्टको व्यापार व्यवसाय बन्द रहेकाले लकडाउनको अवधिभरको घरभाडा पूर्ण रुपमा छुट गर्ने व्यवस्था मिलाउन, विद्युतमा लगाउदै आएको डिमाण्ड चार्ज १ वर्ष सम्म छुट गर्न संघका महासचिव माधव कुमार खनालले सरकार समक्ष माग गर्नु भएको छ ।

व्यवसायीले कोरोना महामारीका कारण व्यवसायिक अस्तित्व अत्यन्तै जोखिममा पुगेको गुनासो गरेका छन् । यो अवस्थामा होटल व्यवसाय टिकाउन सकिन्छ कि सकिँदैन भन्ने अन्यौलका बीच व्यवसायी रहेका भन्दै यसबाट लाखौ आश्रति कर्मचारी र मजदुरहरुको रोजगारी समस्यामा परेको संघका दृतीय उपाध्यक्ष लेखनाथ भडारीलेबताउनु भयो ।होटलको पुनरुत्थानका लागि ३ वर्षको लागि विशेष कर सहुलियतको व्यवस्था गर्दै होटल पूर्ववत लयमा नआउन्जेलसम्म वर्तमान मूल्यअभिवृद्धि करमा छुट,आयकरमा पाउँदै आएको २० प्रतिशत छुटलाई ५० प्रतिशत कायम गर्न र जरिवाना तथा हर्जाना पूर्ण मिनाहाको माग व्यवसायीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्