निरन्तर हिमपातका कारण सगरमाथा आरोहणमा चुनौती



लिला सुनुवार, ओखलढुंगा ।

हिजो देखि परेको हिमपातका कारण विश्वको सर्बाेच्च शिखर सगरमाथा आरोहणमा रहेकाहरुलाई चुनौती बनेको छ । निरन्तरको हिमपातले बाटो पुरीएर एक क्याम्पबाट अर्काे क्याम्पमा जान समेत नसकिने स्थिति रहेको सगरमाथा आधार शिविरमा रहेका पिकप्रमोशन नेपालका सञ्चालक बाबु शेर्पाले बताएका छन् ।

आरोहणका लागी चौथौ आधार शिविर सम्मपुगेका हरु सबै जना दोस्रो आधार शिविर झरेर बसेका छन । केहि आरोहीहरु आरोहण सम्पन्न गरि दोस्रो आधार शिविरमा फर्किसकेको सम्पर्क अधिकृत खिमलाल गौतमले बताएका छन् ।

दोस्रो आधार शिविरमा मात्रै आरोही र सहयागी गरेर २ सयको हाराहारी मासिहरु रहेको अनुमान गरिएको छ । त्यसै गरि आधार शिविरमा आरोही, शेर्पा, भान्छे र सहयोगी गरेर ७ सय जना रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्