निर्वाचनका लागि सबै दलहरु सरकारमा सहभागी बन्नुहोस् : प्रधानमन्त्री ओली



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दललाई निर्वाचनका लागि सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले निर्वाचनका लागि सरकारमा सहभागी हुन सबै दललाई आग्रह गरेका हुन् ।

लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिने जनाउँदै उनले भने ‘निर्वाचन निष्षक्ष र स्वच्छ हुने कुरामा मैले बारम्बार जोड दिएको छु। परिणामलाई ध्यानमा राखेर होइन, लोकतान्त्रिक प्रणाली र पद्धतिलाई ध्यानमा राखेर निर्वाचन सम्पन्न गरिनेछ। मनमा कुनै आशंका छन् भने फेरि भन्न चाहन्छु, आउनुस्, निर्वाचनका लागि सबै दलहरु सरकारमा सहभागी बन्नुहोस्’, ।

प्रतिक्रिया दिनुहोस्