आज थप ९८४१ जनाले जिते कोरोना, ६९५१ मा संक्रमण



न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप नौ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या चार लाख २८ हजार ६७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सोही अवधिमा थप ६ हजार ९५१ जना मा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या पाँच लाख ४९ हजार १११ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ३९४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्