फिनल्याण्डले सहयोग गरेको स्वास्थ्य सामाग्री काठमाडौं आइपुग्यो



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारीको दोस्रो संक्रमणविरुद्ध लड्न फिनल्याण्ड सरकारले नेपाललाई सहयोग गरेको स्वास्थ्य सामाग्री काठमाडौँ आइपुगेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार फिनल्याण्डले सहयोग गरेको ३ लाख ५० हजार थान एफएफपीटु मास्क, एक लाख थान केएन ९५ मास्क, २ लाख ३२ हजार थान ग्लोभ्स, ३० हजार थान गाउन्स, २४ लाख ९८ हजार फेसमास्क र ३ लाख ५० हजार फेस शिल्ड काठमाडौँ आइपुगेको छ । उक्त सामाग्री नेपालका लागि फिनल्याण्डका राजदूत पर्टी एन्टीनेनले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्