संसद विघटनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा, नेकपा एकता बदर गर्ने न्यायाधीशको विषयमा उठ्यो प्रश्न



न्युज अफ नेपाल, काठमाडौं ।

संसद विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासमा आजको बहस सकिएको छ । आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको हो ।

संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको हो ।

अधिवक्ता गोविन्द शर्मा बन्दीलगायतका कानुन व्यवसायीले नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर प्रश्न उठाएपछि इजलासमा विवाद सुरु भएको थियो ।

गत फागुन २३ गते ऋषि कट्टेलको नेकपाको मुद्दाको विषयामा फैसला गरेकाले विपक्षी गठबन्धनका तर्फबाट बहस गर्ने अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठको विषयमा प्रश्न उठाएका हुन् । न्यायधीश श्रेष्ठले कट्टेलले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपा एमाले र नेकपा माओवादीको एकतालाई खारेज गरेका थिए । उक्त फैसला प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा भएको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्