मनाङमा बाढीले पुल बगायो



न्युज अफ नेपाल, मनाङ ।

हिमाली जिल्ला मनाङमा आएको बाढीले अस काठको पुल बगाएको छ। बिहीबार दिउँसो वर्षासँगै आएको बाढीले पुल बगाउँदा बेशीशहर–चामे सडक खण्डअन्तर्गत चामे गाउँपालिका – १ तिमाङखोला र स्यार्कुखोलाको काठेपुल बगाएको हो।

पुल बगाउँदा अत्यावश्यक सवारीसाधन अलपत्र परेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। प्रजिअ लामिछानेका अनुसार तिमाङखोलाको अस्थायी काठे पुल र स्यार्कुखोलामा रहेको ह्युमपाइपसहितको काठेपुल बगाएको छ। पुल बगाएपछि तिमाङ क्षेत्रबाट सवारीसाधन तल्लो क्षेत्र आउन र माथिल्लो क्षेत्र जान सकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्