सल्यानमा कोरोना संक्रमणबाट एकैदिन ५ जनाको मृत्यु



सरिता चलाउने, सल्यान ।

सल्यानमा एकैदिन बिहिवार ५ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानमा अनुसार कपुरकोट गाउँपालिकाका २, बागचौर नगरपालिकाका २ र शारदा नगरपालिकाका १ जनाको मृत्यु भएको छ ।
कपुरकोट गाउँपालिका वडा न ३ का ६८ र ७० वर्षीय पुरुषको होमआइसोलेसनमा मृत्यु भएको हो । कोरोना भाइरस पुष्टि भएपछि दुवै होम आइसोलेसनमा बस्दै आइरहेका थिए ।

यस्तै बागचौर नगरपालिका २ का ६० वर्षीय पुरुष र शारदा नगरपालिकाका ४ का ६४ वर्षीय पुरुषको सल्यान जिल्ला अस्पतालमा गएराती मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिनु भयो । बागचौर नगरपालिका वडा न १ का ५७ वर्षीय पुरुषको बिहीबार बिहान थप उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । सल्यामा पहिलो पटक यतिधेरै संख्यामा संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट जिल्लामा हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्