विराट अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण (भिडिओ)



न्युज अफ नेपाल, विराटनगर ।

कोरोना महामारी फैलिरहेको अवस्थामा बिरामीको उपचारमा खटिएका विराट शिक्षण अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ ।

आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि बूढीगङ्गा २ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठको समूहले कुटपिट गरको प्रहरीले जनाएको छ ।

सो आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको अस्पतालले जनाएको छ । प्रहरीका अनुसार भर्ना भएकी एक वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै सो समूहले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको थियो ।

भिडिओ : हेल्थ आवाज

प्रतिक्रिया दिनुहोस्