चिकित्सकका लागि १ सय बेडको क्वारेन्टिन



न्युज अफ नेपाल, काठमाडौ ।

नेपाल चिकित्सक संघले १ सय शैयाको सुविधा सम्पन्न क्वारेन्टिन सेन्टर विस्तार गरि भर्चुअल माध्यमबाट भारतीय राजदुत विनय मोहन क्वात्राले सोमबार उदघाटन गर्नुभएको छ ।

कोभिड विरुद्धको लडाईमा होमिएका चिकित्सकहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ती नेपाल चिकित्सक संघले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ नेपाल, सेवा इन्टरनेशनल नेपाल तथा उपकार सेवा नेपालको संयुक्त आयोजनामा कमलपोखरी स्थित अग्रवाल भवनमा उक्त सेन्टर बनाएको हो ।

कोभिड–१९ को दोस्रो लहरसँगै मुलुकमा कोरोना महामारीले थप विकराल रुप लिईरहेको छ । हरेक दिन संक्रमित र त्यसबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । अस्पतालमा शैया, सघन उपचार यूनिटसँगै औषधी र अक्सिजनको चरम अभावले कहालीलाग्दो अवस्था सिर्जना भईरहेको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएकोछ ।

त्यसका साथै कोभिड–१९ को संक्रमणबाट नेपालको स्वास्थ्य सेवा प्रवाहमा अहोरात्र खटिएका चिकित्सकहरुको मनोबल उच्च पार्नुको सट्टा नेपाल सरकार एवं सम्पूर्ण राजनीतिक दलहरु अन्य कुरालाई प्राथमिकतामा राखेर नेपालको स्वास्थ्य प्रणाली हाहाकारमय हुँदा समेत पनि जिम्मेवार हुनु पर्नेमा सरकार तथा नेतृत्व गैर जिम्मेवारपन देखाई विश्वसामु नै लञ्जित हुने परिस्थिति दिनप्रतिदिन सिर्जना भईरहेको नेपाल चिकित्सक संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएकोछ ।

कोरोना संक्रमणलाई परास्त गर्नका लागि चिकित्सकीय पेशा र धर्मलाई आत्मसाथ गर्दै युद्ध मैदानमा होमिएका हामी चिकित्सकहरु समेत दिनप्रतिदिन संक्रमित भई स्वास्थ्य सेवा प्रवाहबाट विमुख हुनु पर्ने बाध्यात्मक परिस्थितिले भावविह्ल भईरहेका छौं । तथापी कोभिड विरुद्धको लडाईमा होमिएका चिकित्सकहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षाका निम्ती नेपाल चिकित्सक संघले अग्रवाल सेवा केन्द्र, हिन्दु सेवक संघ नेपाल, सेवा इन्टरनेशनल नेपाल तथा उपकार सेवा नेपालको संयुक्त आयोजनामा कमलपोखरी स्थित अग्रवाल भवनमा १ सय शैयाको सुविधा सम्पन्न क्वारेन्टीन सेन्टरको (केही समय पश्चात् आइसोलेसन सेन्टर समेत संचालन गर्ने गरी) निर्माण गरीएको जनाएको छ ।
उक्त क्यारेन्टीन सेन्टरको संचालनका लागि नेपाल चिकित्सक संघको तर्फबाट केन्द्रीय सदस्य डा. प्रमोद जोशी (९८४१५२५६७०)को संयोजकत्वमा संघका केन्द्रीय सदस्य डा. रितेश थापा (९८५११२८६४६) बरिष्ठ प्रशासकिय अधिकृत श्री मिलनचन्द्र खनाल सम्मिलित ३ सदस्य समिति समेत गठन गरिएको जनाएको छ ।

उक्त क्यारेन्टीन सेन्टरमा स्वस्थ खाना उपलब्ध गराइनेछ भने केही समय पश्चात् संचालन गरिने आइसोलेसन सेन्टरमा अक्सिजन, अत्यावश्यक औषधी तथा स्वास्थ्य परीक्षणका लागि चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको उपलब्धता गराई गुणस्तरीय सेवा उपलब्ध गराईने प्रतिबद्धता समेत यसै विज्ञप्ती मार्फत व्यक्त गर्दै यो अभियानमा सरिक भई चिकित्सकहरुको मनोबल उच्च पार्न सम्पूर्ण सहयोगी मनहरुलाई सम्बोधन गर्दै संघका महासचिव डा.बद्री रिजालले विज्ञप्ती मार्फत अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्