प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा रिट,आज सुनुवाइ हुँदै



न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली लगायतका अधिवक्ताले दायर गरेको रिट निवेदनमा आज सुनुवाई हुन लागेको हो ।

रिटमा प्रधानमन्त्री ओलीले लिएको शपथमा केही शब्दहरु उच्चारण नै नभएको, जुन कार्य गैर–संवैधानिक भएको र आफूअनुकुल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने उल्लेख छ।यस्तै रिटमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउँदा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावलीलाई ‘त्यो पर्दैन’ भनेर वाचन गर्दा राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मानमर्दन भएको ठहर गरिएको छ।

संघीय कानुन बनाएर शपथको व्यहोरा तोक्न तथा त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोक्न पनि रिट निवेदकको मागदाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्