डोटी अस्पताललाई २२ थान अक्सिजन सिलिन्डर हस्तान्तरण



विमल विष्ट, काठमाडौँ ।

अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको खबर आएपछि वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालगञ्जबाट पठाउनु भएका २२ थान भरिएको अक्सिजन सिलिन्डर जिल्ला अस्पताल डोटीलाइ आज सोमबार हस्तान्तरण गरिएको छ ।

जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएपछि वन तथा वातावरणमन्त्री आलेको सहयोगमा आफुहरुले नेपालगञ्जमा गएर २२ थान अक्सिजन सिलिन्डर ल्याएर हस्तान्तरण गरेको बोलन्याथली नामक सामाजिक संस्थाका सुदूरपश्चिम अध्यक्ष तथा अभियान्ता यादव जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन नहुँदा कोरोनाका बिरामीलाई उपचारमा समस्या भएपछि मन्त्रीज्यूले नेपालगञ्जमा अक्सिजनका रकम दिएरपहल गर्नुभएको थियो, हाम्रो टिम गएर ल्याएपछि आज अस्पताललाई हस्तान्तरण गरेका छौँ ।”

अध्यक्ष तथा अभियान्ता जोशीका अनुसार मन्त्री आलेले नेपालगञ्जमा अक्सिजन भर्नका लागि रु १५ हजार रकम प्रदान गर्नु भएपछि भरिएका २२ थान सिलिन्डरडोटी पुर्‍याएको बताइएको छ ।अक्सिजन नभएर कोरोना सङ्क्रमणका बिरामी आक्रान्त भएका जिल्लामा अक्सिजन सिलिन्डर आएपछि बिरामीका आफन्त निकै खुशी भएका छन् । जिल्ला अस्पतालका लागि अक्सिजनले भरिएका २२ सिलिन्डर बोलन्याथली नामक सामाजिक संस्थाका डोटी संयोजक जितबहादुर खड्काले आज सोमबार हस्तान्तरण गर्नु भएको बोलन्याथलीका सुदूरपश्चिम अध्यक्ष तथा अभियान्ता जोशीले फोनमार्फत जानकारी दिनुभयो ।बोलन्याथलीले सुदूरपश्चिममा विकास निर्माणदेखि सामाजिक क्षेत्रका काममा अग्रसरता देखाउदैँ वर्षौदेखि सहयोग र काम गर्दै आइरहेको छ ।

यसैगरी मन्त्री आलेकासहयोगमा ५० ओटा भरिएको अक्सिजन सिलिन्डर, ५० हजार मास्कडोटी जिल्ला अस्पताललाई र ५० हजार मास्क तथा ५० ओटा भरिएको अक्सिजन सिलिन्डर सेती प्रादेशिक अस्पताल कैलालीका लागि पठाउने तयारी भइरहेको छ । जिल्ला अस्पतालमा मन्त्री आलेका पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिकआफुहरु निकै खुसी भएको मेडिकल सुपरिटेन्डेन्ट कृष्ण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा २२ थान अक्सिजनले भरिएका सिलिन्डर आइपुगेका छन्, कोरोना सङ्क्रमितको उपचारमा अब सहजहुने छ ।” यसैगरी मन्त्री आलेले आफ्नो व्यक्तिगत सहयोगमा जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्ने पाँच वटा अक्सिजन कन्सेन्टे«टर मेसिन केही दिन भित्र पठाउने जानकारी दिनुभएको मेडिकल सुपरिटेन्डेन्ट जोशीले जानकारी दिनुभयो । जिल्लामा ४७४ जनामा कोरोना सङ्क्रमण भएको छभने अहिले सम्म कम्तिमा पनि पाँच जनाको मृत्यु भइसकेको छ । कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या जम्मा १७ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्