भारतले सार्वजनिक गर्यो कोभिडविरुद्धको ‘२ डिओक्सि–डी–ग्लुकोज’ औषधि



काठमाडौँ ।

भारतले कोभिड-१९ विरुद्धको ‘२ डिओक्सि–डी–ग्लुकोज’ औषधि सार्वजनिक गरेको छ । भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’ (डीआरडीओ)ले विकास गरेको उक्त औषधि भारतीय केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवद्र्धनले आज सार्वजनिक गरेका हुन् ।

सो औषधि चक्की वा झोलमा विकास नभई धुलोको रुपमा निर्माण गरिएको छ । चिकित्सकका अनुसार २ डिओक्सि–डी–ग्लुकोज धुलोलाई पानीमा घोलेर खानुपर्ने हुन्छ । भारतीय सञ्चार माध्यमका अनुसार दोस्रो लहरबाट आक्रान्त बनेको भारतमा २ डिओक्सि–डी–ग्लुकोजले कोरोनाविरुद्ध लड्न सहयोग गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्