वार्षिक परीक्षा जेठ महिनाभित्रै !



ljgfzsf/L e”sDksf sf/0f Ps dlxgfkl5 ;~rfngdf cfPsf] sIff !@ sf] klxnf] lbgsf] k/LIff lbFb} 5fqf . tl:a/ M k|bLk/fh jGt, /f;;

नेपाल समाचारपत्र, काठमाडौं

काठमाडौं महानगरपालिकाले विद्यालयहरुलाई ‘जुनसुकै प्रक्रिया अपनाऊ, तर जेठ मसान्तभित्र वार्षिक परीक्षा सक’ भनेको छ । तर, सरोकारवालाहरुले ‘बन्दाबन्दीको अवस्थामा यो कसरी सम्भव छ’ भनेर आश्चर्य प्रकट गरेका छन् । महानगरपालिकास्थित शिक्षा विभागले आइतबार एक सूचना सार्वजनिक गरी परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यही जेठ २० गतेभित्र चालू शैक्षिक सत्रको वार्षिक परीक्षा सकी मसान्तसम्ममा नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले आफ्नो मातहतमा रहेका विद्यालयलाई शैक्षिक सत्र–२०७७ को वार्षिक मूल्याङ्न पाठ्यक्रमले व्यवस्था गरेबमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्यांकन प्रक्रिया (अनलाइन परीक्षा र अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित त्रैमासिक परीक्षा, टेलिफोन, निरन्तर विद्यार्थी मूल्यांकन, इमेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त ढाँचा) अपनाई निर्धारित समयमा मूल्यांकन गर्न भनिएको छ ।महानगरले कक्षा ८ को नगरस्तरीय परीक्षा भने यथाशीघ्र सूचना जारी गरी सञ्चालन गर्ने जनाएको छ ।यसैबीच शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई र कक्षा १२ को वार्षिक परीक्षाको नमुना तयार गरिरहेको छ । शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले नमुनाबारे छलफल चलाएको छ । केन्द्रले आइतबार ७७ जिल्लाका शिक्षा समन्वय एकाइ प्रमुखसंँग परीक्षा नमुनाका बारेमा भर्चुअल बैठक आयोजना गरेको हो ।

बैठकलगत्तै केन्द्रले अन्य सरोकारवाला निकायसंँग छलफल गरी नमुनालाई अन्तिम स्वरूप प्रदान गर्नेछ । सो मोडलको आधारमा परीक्षा सञ्चालन विधि तय गर्नेछ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको बिधिबारे छलफल गरी तालिका र परीक्षाको मिति उल्लेख गरेर सूचना जारी गर्ने तयारी गरेको छ । कोभिड महामारीका कारण गतवर्ष एसईई परीक्षा आन्तरिक मूल्याङ्कन प्रणालीबाट सञ्चालन गरिएको थियो । यस वर्ष अनलाइन वा अन्य वैकल्पिक विधि अपनाएर परीक्षा गर्ने तयारी सरकारको छ ।

प्रतिक्रिया दिनुहोस्