योग गुरु बाबा रामदेव भेन्टिलेटरमा ?



एजेन्सी ।

शनिबार बिहानै सामाजिक सञ्जालमा योग गुरु बाबा रामदेव अस्पताल भर्ना भएको खबर र तस्वीर फैलिएको छ । फोटोमा देखिए अनुसार बाबा रामदेव मान्छेले घेरिएको अवस्थामा अस्पतालमा छन् । उक्त फोटोसहित बाबा रामदेव कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको जनाइएको छ ।

भाइरल पोष्टमा भनिएको छ कि,’ बाबा जसले आफैंलाई अक्सिजनको बारेमा प्रचार गर्छन् अहिले भेंटिलेटरमा छन्।’ तर, उक्त फोटो हालको नभई केही वर्ष अगाडिको रहेको भारतीय सञ्चारमाध्यमले पुष्टि गरेका छन् ।

सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई पुष्टि गर्दे सञ्चारमाध्यमले बाबा रामदेवको उक्त तस्वीर २०११ जुनमा भ्रष्टाचारविरूद्ध नौ दिनसम्म अनशन बसेका बेलाको रहेको जनाएका छन् । उक्त तस्वीसँग सम्बन्धित विवरण अनुसार, २०११ जुनमा बाबा रामदेवको स्वास्थ्य बिग्रिएपछि उनलाई देहरादूनको अस्पतालमा भर्ना गरियो, जहाँ उनी धार्मिक र आध्यात्मिक नेताहरूको उपस्थितिमा उपवासको अन्त्य भयो ।

पुष्टि गरिए अनुसार हाल बाबा रामदेव स्वस्थ छन् र उनलाई कुनै अस्पतालमा भर्ना गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्