बागमती प्रदेशमा सञ्चारकर्मीको कोभिड व्यवस्थापन कोष



न्युज अफ नेपाल, हेटौंडा ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना प्रभावित सञ्चारकर्मीको उपचार तथा सहयोगका लागि कोभिड बिपद् व्यबस्थापन कोष निर्माण गरेको छ । कोषमा महासंघ प्रदेश समितिले दुई लाख पचास हजार रुपियाँ जम्मा गरेको छ ।

इच्छुक सञ्चारकर्मी, सञ्चारउद्यमी, सञ्चारगृह, सरकारी तथा गैरसरकारी निकाय, उद्योगी/व्यवसायी तथा अन्य सुभेच्छुकलाई कोषमा सहयोग गरिदिनहुनु आग्रह गरिएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको राष्ट्रिय बाणिज्य बैंक हेटौंडा शाखामा रहेको नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेश समितिको खाता नम्बर–१३००००३६६१०१ मा रकम जम्मा गरिदिनहुन वा पत्रकार महासंघ बागमती प्रदेश समितिका पदाधिकारीलाई सम्पर्क गरी सहयोग गरिदिनहुनु अनुरोध गरिएको छ ।

अग्रभागमा रहेर समाचार संकलन कार्य गर्नुपर्ने बाध्यता भएकाले पूर्ण स्वास्थ्य सकतर्कता अपनाउन सञ्चारकर्मीहरुलाई महासंघ आह्वान गरेको छ । संघीय राजधानीसमेत रहेको बागमती प्रदेशका बिभिन्न स्वास्थ्य संस्थाहरुमा पर्याप्त स्वास्थ्यकर्मी, अक्सिजनसहित अन्य स्वास्थ्य सामग्री अभावले कोरोना संक्रमितको उपचारमा समस्या भएको गु्नासो बढेकाले बागमती प्रदेश सरकारलाई तत्काल स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्रीको उचित व्यबस्थापनका लागि ध्यानाकर्षण गराइएको महासंघ प्रदेश महासचिव कृष्ण सारुमगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्