नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भए : डा. भट्टराई


न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली राजनीतिमा केपी शर्मा ओली चतुर सावित भएको बताएका छन् । बिहीबार साँझ एक ट्वीट मार्फत् उनले कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको पनि बताएका छन् ।

उनी लेख्छन्, ‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ। सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनस् चतुर सावित भएका छन्। अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ। सबैले आत्मसमीक्षा गरौं !’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।