मन्त्री आलेद्वारा आर्थिक सहयोग



विमल विष्ट, काठमाडौँ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले डोटीको शिखर नगरपालिका–६ का टेकबहादुर मल्ललाई आर्थिक सहयोग गर्नुभएको छ ।

नेपाली सेनामा कार्यरतमल्लको काठमाडौँ महानगरपालिका–२८ स्थित कोठामा यहीवैशाख १९ गते राती ग्यास पड्किएर आगलागी हुँदा उहाँका बुवा, श्रीमती तथा छोराछोरी घाइते भएकाले उनीहरुको उपचारका लागि मन्त्री आलेले रु २५ हजार सहयोग प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

ग्यास सिलिन्डर पड्किएर घाइते भएका मल्लको परिवारको कीर्तिपुर स्थित अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्थामा सुधार आउँदै गरेपनि आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्नमा समस्या भएको बताइएको छ । नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शेरबहादुर मल्लले घटनाका बारे जानकारी गराउनुभएपछि मन्त्री आलेले आज आगलागीपीडित टेकबहादुरलाई मन्त्रालयमै बोलाएर आर्थिकसहयोग दीनु भएको हो । आगलागिबाट टेकबहादुरका कोठामा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्