बिरामी भर्ना लिनबाट पन्छिँदै जिल्ला अस्पताल सल्यान



सरिता चलाउने, सल्यान ।

जिल्ला अस्पताल सल्यान कोरोना संक्रमितले भरिएपछि थप बिरामी भर्न गर्न नसक्ने अस्पतालले जनाएको छ । दिनहु लक्षणसहितका कोराना संक्रमणका बिरामी अस्पतालमा आउन थालेपछि थप भर्न गर्न नसक्ने जनाएको हो । अस्पतालमा भएका बेड पनि यतिबेला कोरोना संक्रमितले भरिएको छ । कोभिड १९ संक्रमितको अत्याधिक चाप बढेको भन्दै स्वास्थ्य सेवा कार्यालय सल्यानले फोन गरेर मात्र अस्पतालमा आउन आग्रह गरेको छ ।

१६ वेडमा नियमित अक्सिजन सप्लाई गर्नसक्ने अवस्थामा ३६ जना विरामी भएपछि कार्यालयले फोन सम्पर्क गरेर मात्र आउन सबैलाई आग्रह गरेको हो । १६ शश्याको आइसोलेशन वार्डमा अहिले ३६ जना संक्रमित रहेका छन् । आकस्मिक कक्षमा राखेर समेत उपचार गर्नु पर्ने बाध्यता रहेको छ । अन्य बिरामी राख्ने आकस्मिक कक्षमा समेत ठाउँ नभएपछि भर्न नलिने जनाएको छ ।यसमा थप बिरामी थपिए उपचारमा समस्या हुने देखिएपछि फोन गरेर मात्र आउन आग्रह गर्नु पर्ने बाध्यता आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ कुमार श्रेष्ठले बताउनु भयो ।

सिमित अक्सिजन सिलिन्डर भएको र रिफिल गर्न नेपालगञ्ज जानुपर्ने र समयमा रिफिल नहुने भएकाले बिरामीलाई अस्पताल ल्याउनुपुर्व फोक सम्पर्क गरेर मात्र लिई आउन आग्रह गरिएको श्रेष्ठले बताउनु भयो । जिल्लामा कोभिडका बिरामीको संख्या ५ सय भन्दा बढि पुगिसकेको छ । अस्पतामा बेड नभएपछि सबै बिरामी होम आईशोलेसमा बसेका छन । अक्सिजन दिनुपर्ने बिरामीलाई मात्र अस्पतालमा राखिएको त्यही पनि बेडको अभाव भएको अस्पतालले जनाएको छ । जिल्लामा हिले सम्म कोरोनान भाईरस संक्रमण बाट १४ जनाको र्मतु भैसकेको छ । ३ जना बिरामीले अस्पताल बेड नपाउँदा घरकै आईसोलेसनमा ज्यान गुमाईसकेका छ ।

प्रतिक्रिया दिनुहोस्