स्याङ्जामा १० बेडसहितको आइसोलेसन संचालन



भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जा जिल्लाको जिल्ला अस्पतालमा आजदेखी दश बेड सहितको आइशुलेसन संचालनमा आएको छ ।

अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै आईसियु सहितको बेड संचालनमा ल्याइएको स्याङ्जा जिल्ला अस्पतालका प्रमुख डाक्टर रमेश आचार्यले जानकारी दिनुभयो ।

गृह जिल्लामा आईसियु सहितको सेवा संचालनको लागि केही दिन पहिले नेपाली काङ्ग्रेसका संगठन विभाग प्रमुख एवम् पुर्व उपप्रधानमन्त्री वरिष्ठ नेता गोपालमान श्रेष्ठले छिटोभन्दा छिटो सेवा संचालन गर्न जिल्ला अस्पताललाई निर्देशन दिनुभएको थियो । हाल जिल्लामा सकृय कोरोना संक्रमितको संख्या ४५५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्