मुद्दामा नयाँ प्रविधि



सर्वोच्च अदालतले मुद्दाको संख्या बढ्दै गएपछि अनलाइनमार्फत पनि सुनुवाई गर्ने प्रक्रिया अघिबढाएको छ । मुद्दाको संख्या बढ्दै जानु र ती मुद्दाहरुलाई समयमा नै ब्यवस्थापन गर्न बेलाबेलामा गतिरोध उत्पन्न भएपछि सर्वोच्च अदालतले अनलाइनमार्फत पनि सुनुवाई गर्ने प्रक्रिया थालनी गर्ने सोच बनाउनु एक हिसावले ठीकै पनि छ ।

कोरोना भाइरसको संक्रमणले गर्दा गत वर्षमात्र न्यायालयको कामकारवाही महिनौसम्म अवरुद्ध भयो । यस वर्ष पनि यस्ता प्रकृया अवरुद्ध हुन थालिसकेको छ । नेपालका अधिकाँश अदालतहरुले आफ्नो सेवा यही बैशाखको अन्तिम दिनसम्म स्थगित गराएका छन् । कोरोना भाइरसको संक्रमण कति अवधिसम्म जान्छ र यसले कस्तो रुप लिन्छ भन्ने बारेमा आँकलन गर्न सकिएको छैन । यस्तो अवस्था रहने हो भने अझ महिनौंसम्मपनिअदालतबन्दगर्नुपर्ने अवस्थाआउन सक्छ ।सर्वोच्च अदालतबाट थाहाभएअनुसार हालअनलाईनमार्फत सुनुवाई हुने प्रक्रियाका लागि प्रारम्भिक कार्य अगाडि बढाइएको छ । सामान्य अवस्थामा समेत न्यायालयमा मुद्दाको संख्या बढ्दै गएको छ । हालको अवस्थामा भने मुद्दा दर्ता मात्रै हुने तर सुनुवाईको संख्या कम हुने गरेका कारण सर्वोच्चले अनलाईनमार्फत पनि मुद्दाको प्रक्रिया अगाडि बढाउन लागेको सर्वोच्चबाट थाहा भएको छ । सर्वोच्चमा हाल मुद्दाको संख्या झण्डै २८ हजारको संख्यामा रहेको बताइएको छ । सामान्य अवस्थामा मुद्दाको फछ्र्यौट भन्दा दर्ता हुनेको संख्या बढी हुने गरेका कारण विचाराधीन अवस्थामा रहेका मुद्दाको संख्या बढ्दै जाने गरेका छन् ।

यस्तो प्रक्रिया बढ्दै जाने हो भने केही वर्षपछि न्यायालयमा मुद्दाको संख्या धान्नै नसक्ने अवस्थामा रहने कानूनसँग सम्बन्धित ब्यक्तिहरुले बताउनथालेका छन् । सर्वोच्चमा मात्र होइन, केही उच्च तथा जिल्ला अदालतमा पनि मुद्दाको संख्या बढ्ने क्रममा छन् । मुद्दाको सुनुवाई प्रक्रिया अबरुद्ध मात्र हुने गरेका कारण सम्भव भएसम्म अनलाइनमार्फत सुनुवाई गर्ने प्रक्रिया अघिबढाउन लागिएको हो । सर्वोच्चमा अनलाईनमार्फत के कसरी मुद्दाको सुनुवाई गर्न सकिन्छ भन्ने सम्बन्धमा सर्वोच्चले तीन सदस्यीय एक समितिसमेत गठन गरिसकिएको छ । सो समितिले कसरी अनलाइनमार्फत सुनुवाई प्रक्रिया अघिबढाउन सकिन्छ भन्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ । अनलाइनमार्फत सुनुवाई प्रक्रिया अघिबढाउन अपनाउनुपर्ने सबै विधिको बारेमा अध्ययन गरी समितिले प्रतिबेदन दिएपछि सो प्रक्रिया अगाडि बढ्ने भएको छ ।

सायद एक महिनाभित्र सो प्रक्रियाको शुरुवात हुनसक्ने आँकलन पनि गरिएको छ ।भारतको न्यायालयले सन् २०१९ को नोभेम्बरदेखि अर्को वर्षको सोही महिनासम्म ४९ लाख थान मुद्दाको सुनुवाई अनलाईनमार्फत गरेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा कोभिड–१९ को संक्रमण शुरु भएपछि अनलाइनमार्फत पनि मुद्दाको सुनुवाई गर्न थालिएको थियो । नेपालमा पनि यस्तो प्रक्रिया गतवर्ष कोभिड लागेपछि लत्कालै गर्न आवश्यक थियो । भारतका अदालतले एक वर्षमा उल्लेख्य संख्यामा अनमार्फत मुद्दाको फछ्र्यौट गरेको अवस्थामा नेपालमा पनि गत वर्ष नै यस्तो प्रविधिअपनाएको भए केही मुद्दाको सुनुवाई भइसक्ने थियो । ढिलै भएपनि सर्वोच्चले नयाँ प्रविधि अवलम्बन गर्ने प्रक्रिया अघिबढाएकामा सकारात्मक नै मान्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्