विद्यालय नजिक शक्तिशाली विष्फोट, २५ जनाको मृत्यु



कावुल, एजेन्सी

अफगानिस्तानको राजधानी काबुलस्थित एउटा माध्यमिक विद्यालय नजिक शनिबार भएको शक्तिशाली बम विस्फोटनमा कम्तिमा पच्चीस व्यक्तिको ज्यान जानुका साथै अन्य दर्जनौँ घाइते भएको सरकारी अधिकारीहरुले संचार माध्यमलाई जानकारी गराएका छन् ।विद्यार्थीहरु विद्यालय भवनबाट निस्कँदै गर्दा सो विस्फोट भएकाे थियो ।

बिबिसीका अनुसार सडकमा बिद्यार्थीहरुका झोला यत्रतत्र छरिएको तस्वीरहरु सामाजिक संजालमा राखिएका छन् । शिक्षा मन्त्रालयका प्रवक्ताले घाइते हुनेमा अधिकांश छात्रा रहेको बताएका छन् । यस घटनाको अझै सम्म कुनै समुहले जिम्मेवारी लिएको छैन । अमेरिकी बाइडेन सरकारले आगामी ११ सेप्टेम्वर भित्रमा अफगानिस्तानबाट फौज स्वदेश फिर्ता लगि सक्ने घोषणा गरेयता अफगानिस्तानमा हिंसात्मक गतिविधि बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्