पेट्रोलबाट आगो सल्काउन खोज्दा २ घाइते



न्युज अफ नेपाल, पाल्पा ।

पानीले भिजेको दाउरा नबलेपछि नजिकै रहेको ग्यालेनको पेट्रोल झिकेर आगो सल्काउन खोज्दा आगलागी भई पाल्पामा हजुरआमा र हजुरआमा र नाती घाईते भएका छन् । साँझको वेला पानीले भिजेको दाउरा नबलेपछि नजिकै रहेको ग्यालेनको पेट्रोल झिकेर हाल्ने क्रममा आगो लागेर जिल्लाको रामपुर–१, कुमैडाँडाका दुइ जना घाइते भएका हुन् ।

घाईते हुनेहरुमा ७० वर्षिय लिला कुमारी वि.क. र उहाँका १५ वर्षिय नाती योगेश वि.क. रहेको प्रहरीले जनाएको छ । लिला कुमारीले दाउरा सल्काउन खोज्दा नजिकै रहेका १० लिटरको ग्यालेनबाट एक विर्को पेट्रोल निकालेर आगो सल्काउने प्रयास गर्दा उहाँको शरीरमा आगो लागेको प्रहरीले जनाएको छ । हजुरआमालाइ आगोले पोलेको देखेपछि आगो निभाउन जाने क्रममा नाति योगेश समेत घाइते भएका थिए ।

आगालागीबाट भान्सा कोठाभित्र क्षति पुगेको छ । घाईते दुवै जनाको युनाईटेड मिशन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये हजुरआमा लिला कुमारीको अवस्था गम्भीर रहेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्