विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा इन्जाद्वारा विशेष कार्यक्रम सम्पन्न



न्युज अफ नेपाल, काठमाडौ ।

विश्वभरि रहेका क्रियाशील नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल( इन्जा ) ले आज विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पुर्ण नेपाली पत्रकारहरुलाई अहिलेको बिषम परिस्थितिमा आफु पनि सुरक्षित रहेर सुचना प्रवाह गर्न विशेष आग्रह गरेको छ ।

जस्तोसुकै कठीन परिस्थितिमा पनि आफनो दायित्वलाई पुरा गर्न लागि पर्ने आम संचारकर्मीहरुले सार्बजनिक हितमा सुचना प्रबाह गरेर आम नागरिकहरुको सुचना पाउने हकलाई पुरा गरिरहेको इन्जाले जनाएको छ ।

आम नागरिकले सहि सुचना पाउदा मात्रै लोकतन्त्र पनि बलियो हुदै जाने र लोकतन्त्रको सुदृढिकरण भएमा मात्रै प्रत्येक नागरिकको समुन्नति हुने भन्ने कुरालाई आम संचारकर्मीहरुले आफनो दायित्वका रुपमा लिएका छन तर राज्यले त्यसका लागि त्यो खालको ब्यबहार गर्ने गरेको छ त भन्ने प्रश्न उठने गरेको पनि नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल इन्जाले संबद्ध पक्षको गंभीर ध्यानाकर्षण गराएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिबसका अबसरमा आयोजित ग्लोबल भर्चुवल बिशेष कार्यक्रममा बोल्ने नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल , महासचिब रोशन पुरी , इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइटेल , इन्जा ग्लोबलका उपाध्यक्ष एवं इन्जा एशियाका अध्यक्ष टंक पन्त , इन्जाका सल्लाहकार तीर्थ कोइराला, योगेश उपाध्याय , घमराज लुइटेल , संचारिका समुहकी अध्यक्ष नीतु पण्डित , बरिष्ठ पत्रकार बबिता बस्नेत , इन्जा ग्लोबलका बरिष्ठ उपाध्यक्ष बिष्णु शितल , उपाध्यक्ष किशोर सापकोटा , न्युज एजेन्सी नेपालका अध्यक्ष सबिन धमलाले नेपालको सबिधानले प्रेस स्वतन्त्रताका पक्षमा गरेको बलियो पक्षलाई ऐन नियम र निर्देशिकाका नाममा खुम्च्याउन खोजेकोले त्यसतर्फ सरकारको गभीर ध्यानाकर्षण गराउनुभएको छ । बक्ताहरुले प्रतिपक्षमा एउटा कुरा सत्तामा जादा अर्को कुरा गर्ने प्रबृत्तिको अन्त्यका लागि विशेष आग्रह गरेका छन ।

सुचना प्राप्तिको स्वतन्त्रता ब्यबहारमै पुर्ण रुपमा नभए सम्म सबिधानमा लेखिएर मात्र हुदो रहेन्छ भन्ने देखिएको छ यसर्थ सुचना प्राप्तिमा सत्ता वा बाहिर जहाकहींबाट पनि बाधा ब्यबधान हुनुहुदैन भन्ने कुरामा पनि बरिष्ठ पत्रकारहरुले जोड दिएका छन ।

नेपालमा प्रेस स्वतन्त्रता बिरोधी घटना यो बर्ष ४५ वटा भएका छन । ती घटनाबाट ५सय ८४ जना पत्रकार र ३ मिडिया हाउस गभीर रुपमा प्रभावित र पीडित भएका छन । ५ सय ८४ पत्रकार मध्य ७७ जना महिला पत्रकार छन । विभिन्न खाले आक्रमणबाट ४८ र दुर्व्यवहार, धम्कीको सामना १२ जना पत्रकारले गर्नुपरेको छ भने ५ सय १७ जना पत्रकार बिस्थापित हुनुपरेको पत्रकार महासंघले जनाएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिबसको अबसरका आयोजित बिशेष कार्यक्रममा लेखनकुञ्जका अध्यक्ष कमल ढकाल, पत्रकारहरु केदार खडका ,भागिरथ योगी , निरु गौतम , दीपु पोख्रेल , दीपक रिजाल , रामचन्द्र खरेल संजय घिमिरे, दोवा ढकाल, राम लामा , नारायण श्रेष्ठ , डा मदन उप्रेति, मीरा राजभण्डारी , आनन्द कोइराला , अनुराधा पौडेल, सरोज दाहाल , सम्झना पौडेल ,गोबिन्दप्रसाद दुलाल ,राजाराम गौतम, रमा पन्थी , अश्मिना पाण्डे लगायत उपस्थित धेरै पत्रकारहरु र मानब अधिकार संचार प्रतिष्ठान (इह्रिकन)का अध्यक्ष मीना शर्माले शुभकामना दिनुभएको थियो ।

स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिताका लागि आम संचारकर्मीहरुले आआफनो ठाउंबाट थप भुमिका निर्बाह गर्न सकेमा पत्रकारिताहरुले जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस्