प्रहरीहरुलाई प्रेम र विवाह गर्न प्रतिबन्ध



नैरोबी, ( एजेन्सी )

केन्यामा सरकारले प्रहरी अधिकारीहरुबीचको प्रेम सम्बन्धमाथि नै प्रतिवन्ध लगाउने योजना बनाएको छ । प्रहरी संगठन भित्रै प्रेम सम्बन्धलाई लिएर हुने गरेको अपराध घटनाको दरमा भइरको वृद्धिलाई नियन्त्रण गर्ने उद्धेश्यले यो कदम चाल्न लागिएको संचार माध्यमले जनाएको छ । एउटा प्रहरी कलेजमा आयोजित कार्यक्रममा आन्तरिक मामिलिा मन्त्रीले यस अनौठो खालको सरकारी नीतिबारे खुलासा गरेका हुन् ।

तर कायान्वयन हुनु पूर्व यस योजना मथि राष्ट्रय सुरक्षा परिषदको अनुमोदनको आवश्यकता छ । आन्तरिक मामिला मन्त्री फ्रेड म्यातियान्गीका अनुसार सो परिषदले मुलुकको सम्पूर्ण सुरक्षा फौजका मामिला हेर्ने गर्दछ । उनले सेनामा यस अघिनै विभिन्न ओहदाका अधिकारीबिचको प्रेम सम्बन्ध माथि प्रतिवन्ध लागिसकेको जानकारी पनि दिएका छन् । साथै प्रहरीको लैंगिक सम्बन्ध कार्यालयले महिला प्रहरी माथि हुने गरेको यौन दुव्र्यवहारका घटनाहरु माथि पनि बढि गम्भीर र सजग ढंगले आफ्नो कार्यनीति अघि बढाउने भएको छ ।

मन्त्री म्यातियान्गीले भनेका छन् , ‘ कही महिना यता प्रहरी अधिकारीहरुका घरमा पति वा पत्नी हत्याको घटनामा वृद्धि भएको देखिएको छ । सुरक्षा क्षेत्रमा देखा परेका समस्या तथा चुनौतीहरुलाई हामीले वेवास्ता गर्न सक्तैनौं । ’ यो कानुन पारित भएपछि कुनै पनि प्रहरी अधिकारीले अर्को अधिकारीसंग प्रेम गर्नु तथा विवाह गर्नु अवैध ठहर हुने भएको छ । साथै यदि यसरी प्रेम सम्बन्ध बनी हालेकै स्थिीतमा भने एक जनाले सेवाबाट राजिनामा दिनुपर्ने दि स्टार नामक अखवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्