‘कारबाहीको धम्कीले डराउँदैनौं’:नेपाल


काठमाडौं, (नेस)

नेकपा एमाले खनाल–नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्ने धम्कीबाट नडराउने बताएको छ । बुधबार राजधानीको एक पार्टी प्यालेसमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोधिएको २७ सांसदलाई अध्यक्ष ओलीले कारबाही गर्ने भन्ने ओली पक्षको हल्लाबाट विचलित नहुने जनाएको छ ।

बैठकपछि नेता भीम रावलले कारबाहीको हल्लाबाट आफूहरू विचलित नभएको जिकिर गर्दै भन्नुभयो– ‘हामी विचलित भएका छैनौं बरु सशक्त हुँदै जानेछौं । हामी नवौं राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशनअनुसार अघि बढिरहेका छौं र त्यो कारबाहीको कुनै औचित्य छैन ।’ बैठकले कोरोना महामारीका कारण संगठनको काम केही खुकुलो पार्ने तर नरोक्ने निर्णय गरेको पनि जानकारी दिँदै रावलले कोरोना महामारी नियन्त्रणमा खटिन मातहतका कमिटीलाई निर्देशन दिने समेत निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।