काठमाडौंमा १५ गतेदेखि निषेधाज्ञाको तयारी , आन्तरिक उडान बन्द हुने



न्युज अफ नेपाल , काठमाडौं ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले संक्रमण जोखिम बढेका जिल्लामा निषेधाज्ञा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। सीसीएमसीको आइतबार बसेको बैठकले बैशाख १५ गतेदेखि निषेधाज्ञा गर्न सिफारिस गरेको बताइएको छ।

सीसीएमसीले सरोकारवाला मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरुलाई यससम्बन्धी आन्तरिक परिपत्रसमेत गरिसकेको छ।यस्तै, पहाडी क्षेत्रमा २ सय र शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित भएका जिल्लामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिससमेत सीसीएमसी गरेको छ।

प्रस्तावअनुसार भएमा आगामी बुधबार बिहान ६ बजेदेखि यतायातका साधन बन्द हुने छन् भने आन्तरिक उडानसमेत बन्द हुने सीसीएमसी स्रोतले बताएको छ। निषेधाज्ञा जारी भएको अवस्थामा गर्न पाइने तथा नपाइने विषयमा सम्बन्धित जिल्ला प्रशासनबाट निर्देशिका जारी हुने र त्यही अनुसार हुने सीसीएमसी स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्