सभापति देउवाले बोलाए कांग्रेसको पदाधिकारी बैठक


न्युज अफ नेपाल काठमाडौं ।

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। देशको समसामयिक राजनीति, राष्ट्रिय सभाको एक सदस्य चुन्न जेठ ६ मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल गर्न भोलि सोमबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ।

केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। त्यसअघि आज दिउँसो २ बजे सभापति देउवाको निवास बूढानीलकण्ड पदाधिकारी बैठक बस्न लागेको कांग्रेस नेताले बताएका छन्।

बैठक कांग्रेसको १४औं महाधिवेशन तयारीबारेमा केन्द्रित हुने बताइएको छ। भोलि बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा बारे छलफल गर्न पनि आज पदाधिकारी बैठक बस्न लागेको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।