नेपाल बाल संगठनको जिल्ला भेला, सभापतिमा विदुर हुमागाई निर्विरोध निर्वाचित



मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल बाल संगठन जिल्ला कार्य समितिको जिल्ला सभा तथा अधिबेशन धुलिखेलमा सम्पन्न भएको छ । संगठनको तदर्थ समितिका संयोजक विदुरप्रसाद हुमागाई अधिबेशनबाट सभापति पदमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

अधिबेशनले रामबहादुर बलामी, हरिश्चन्द्र घिमिरे, सञ्जिव न्यौपाने, दुतराज लामा, सुनिता थापा र गोविन्द्र उप्रेतीलाई चयन गरेको छ । केन्द्रिय समितिले एक जना र जिल्ला सभापतिले दुई जना मनोनित गर्ने ब्यवस्था छ । चयन भएका सदस्यहरुको समितिबाट पदाधिकारीहरुको छनौट हुनेछ । सभाको उद्घाटन जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै समन्वय प्रमुख केसीले बालबालिकाहरुको अधिकारका लागि संगठनले अभिभावकत्व भूमिका खेल्नु पर्ने बताउनु भयो । नेपाल बाल संगठन केन्द्रिय समितिका महासचिव समिक बडालले बाल संगठनलाई संघीय संरचना अनुसार अघि बढाउन विद्यान शंशोधन, सम्पतिहरुको संरक्षण र बाल संगठनलाई अझै मजबुत बनाउन लागिपरेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लाका विभिन्न स्थानमा बालबालिकाहरुसँग सम्वन्धित फरक फरक विषय र समस्या भएकाले त्यसका लागि नेपाल बाल संगठनले स्थानीय सरकार, विद्यालय तथा अन्य संघ संस्थासँग समन्वय गरी अघि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय युवा परिषद् काभ्रेका अध्यक्ष प्रकाश रोक्का, निर्वाचन समितिका संयोजक नवराज भुर्तेल, नेपाल पत्रकार महासंघका सचिव कपिल कोईराला, बाल संगठनका सञ्जिव न्यौपाने लगायतले बाल संगठनले खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी गराएका थिए ।

केहि समय अघि नेपाल बाल संगठनमा भएको अनियमितताका बारेमा छानविन गरी पदाधिकारीहरुले अनियमितता गरेको पुष्टी भए पछि नयाँ समिति गठन गरी अधिबेशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्