क्योकुसिन–सेइसिन कराते सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाल क्योकुसिन–सेइसिन काईकान कराते संघको आयोजनामा पााचांै राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट (क्योकुसिन–सेइसिन) कराते प्रतियोगिता सम्पन्न भएको छ ।

भक्तपुरको सूर्यविनायकमा चैत २७ र २९ गते गरी दुई दिने भएको प्रतियोगिताअन्तर्गत पुरुष खुल्लातर्फ अर्जुन लामाले स्वर्ण पदक जितेका हुन् । यसैगरी, पुरुषतर्फका ५५ केजी समूहमा सरोज तामाङ, ५० केजीमा सन्दीप नेपाली, ४५ केजीमा रविकिशन यादव, ४० केजीमा चन्दनकुमार शाह, ३५ केजीमा प्रज्ज्वल पाण्डेले स्वर्णपदक जितेका थिए ।यस्तै, महिला खुल्लातर्फ सञ्चिता श्रेष्ठले स्वर्ण जितिन् । महिला विधामै ४० केजीमा अनुशा रुम्बा र ३५ केजीमा डिलु तामाङले स्वर्ण जितेका थिए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीमा पुरुषतर्फ सुदीप रुम्बा र महिलातर्फ सुष्मा तामाङ रहे । प्रतियोगितामै मिस नेवाः नेपाल ११४१ की विजेता कृषा महर्जन, शसस्त्र प्रहरी नायव उपरीक्षक समिक महर्जन तथा रोशन भोयद्योलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमका सभापति तथा केन्द्रीय संघका अध्यक्ष, नेपाल ब्रान्चचिफ एवं विश्व क्योकुसिन काई करातेका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठद्वारा प्रमुख अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । त्यसैगरी, अन्य प्रदेशबाट सहभागी खेलाडीहरूको हौसला प्रदान गर्न मिस नेवाः कृषा महर्जनद्वारा नेप्लिज फेसन होमको तर्फबाट स्टेसनरी तथा स्कुल ब्याग वितरण गरिएको थियो । विशेष अतिथि भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछवाद्वारा कार्यक्रमका जुरी, निर्णायक तथा सहयोगकर्ता महानुभावहरूलाई मायाको चिनो तथा कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्