संकटा आहा–रारा कपमा च्याम्पियन



विजय नेपाली, पोखरा । 

काठमाडौंको संकटा क्लब १९औं संस्करणको आहा–रारा गोल्ड कपमा शनिबार च्याम्पियन बन्न सफल भएको छ ।पोखरा रंगशाला फुटबल मैदानमा शनिबार भएको फाइनल खेलमा अफ्रिकन रुटस एसोसियसन क्यामरुनलाई टाइबे्रकरमा ४–२ ले हराउँदै संकटाले उपाधि उचालेको हो । यो संकटाको आहा–रारामा पहिलो उपाधि समेत हो । योसँगै संकटाले नगद १० लाख १ हजार रुपियाँ हात पा¥यो । उपविजेतामा सिमित अफ्रिकन रुटसले नगद ५ लाख रुपियाँ प्राप्त ग-यो ।

सहारा क्लब पोखराको आयोजनामा भएको उक्त फाइनल खेलअन्तर्गत टाइबे्रकरमा अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुष घलानले संकटाका लागि गोल गरे । कप्तान सरोज दाहालको प्रहार अफ्रिकनी गोलरक्षकले विफल पारिदिएका थिए । अफ्रिकनी टोलीका लागि के यानिक र रिमले गोल गरे भने कुएटेको प्रहार बाहिरिँदा आर एक्बाकोपको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबुले बचाएका थिए ।अत्यन्तै, प्रतिस्पर्धात्मक फाइनल खेलमा अफ्रिकनी टोलीले पहिलो हाफमै १–० को अग्रता लिए पनि सम्हालिन नसक्दा हार व्यहोरेको हो । खेलको १० औ मिनेटमा नै अफ्रिकनी टोलीका लागि क्युटेले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए ।

संकटाले दोस्रो हाफमा उत्कृष्ट कम्ब्याक गर्दै खेललाई बराबरीमा लगे ।खेलको ५०औं मिनेटमा ग्लोरेको गोलसंगै खेल १–१ को स्थितिमा पुगेको थियो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा रोकिएपछि ३० मिनेट अतिरिक्त समय थप गरिएको थियो । उक्त समयमा समेत कुनै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो ।

प्रतिक्रिया दिनुहोस्