प्रतिनिधिसभाको बैठक [लाइभ]


न्युज अफ नेपाल काठमाडौं ।

प्रतिनिधिसभाको बैठक शुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिनको १ बजेर १३ मिनेट जाँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठक आरम्भ गरेका हुन्।

आजको बैठकको सम्भावित कार्यसूचीमा तीनवटा प्रतिवेदन पेस गर्ने उल्लेख छ। संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक कार्यसूची पेस गर्ने जनाइएको छ। त्यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्नेछन्। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, ०७७ पनि पेस गर्नेछिन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।