माधव नेपाल र भीम रावल एमालेबाट ६ महिनाका लागि निष्काशन



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका नेताहरु माधव नेपाल र भीम रावललाई पार्टी अध्यक्ष केपी ओलीले कारबाही गरेका छन् । अध्यक्ष् ओलीले नेता द्वयलाई ६ महिनाका लागि पार्टीबाट निष्काशन गरेका हुन् । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुबैजनालाई कारवाही गरिएको जानकारी सहितो पत्र पठाएका छन् । कारवाही पछि नेता नेता र रावलको कुनै प्रतिक्रिया अहिलेसम्म आएको छैन् ।

नेपाल र रावलले मात्रै बुझाएको स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको, उल्टै अध्यक्ष ओलीलाई आरोप लगाउँदै प्रश्न गरिएको भन्दै ओलीले संसदीय दलको बैठकमा नै कारवाहीको संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्