४६ दिनसम्म बियर र अन्य पेय मात्र पिउने डेल



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको ओहाइयोका एक जना पुरुषले ‘लेन्ट’ नामक एक प्रकारको इसाई परम्परा मान्ने क्रममा लगातार ४६ दिनसम्म कुनै पनि ठोस वस्तु नखाइकन बियर लगायतका तरल पदार्थ मात्र पिएर जीवन निर्वाह गरेको बताएका छन् ।

सिन्सिनाटी निवासी डेल हलले आफुले वियर, पानी, ब्ल्याक कफी र हर्बल टी मात्र खाएको तीन दिनमा आफ्नो शरिरको वजन ५ दशमलव ८ पाउन्ड घटेको रोचक जानकारी पनि दिएका छन् । हलले डब्ल्यु–एक्स–आई–एक्स टेलिभिजनलाई भनेका छन् – ‘म दिनको तीन देखि पाँचवटा बियर पिउँथे । तर, म लगातार भने पिउँदिनथें । त्यसो गर्दा वाक्क लाग्न सक्थ्यो । तसर्थ, म नयाँ–नयाँ पेय पदार्थ फेरी फेरी पिउने गर्दथेँ । स्वस्थताको हिसाबले पनि राम्रो भएकाले सन् २०१९ र २०२० मा पनि मैले लेन्ट वियर डाइट अवधि सफलतापूर्वक पुरा गरेको थिएँ ।

दुवै वर्ष मैले वजन ४० देखि ५० पाउन्ड घटाउन सकेँ । साथै, मेरो रक्तचाप र कोलेस्टरलमा पनि सुधार आएको थियो । हाम्रो मानव शरीर अनौठो खालको छ । वास्तवमा हामी शिकारी जनावरजस्तै खाना भेट्दा वा नभेट्दा दुवै समय बाँच्न सक्छौं । तर, हामी कहिल्यै नखाइकन बस्दैनांै, त्यही समस्या हो ।’उनले ‘सर्जेन्ट डेल्स भच्र्युअल टिप जार’ नामक अभियानमाफर्त अर्थ संकलन पनि गरिरहेका छन् । उनले सो रकम कोभिड–१९ को कारण दुःख पाएका स्थानीय बार तथा रेस्टुरेन्टहरूलाई दिइने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्