ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दै


न्यृुज अफ नेपाल, काठमाडौ ।

नेकपा ओली समूहले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछ । चुनावी प्रचारप्रसार तथा आफ्नो पक्षमा जनमत देखाउन ओली समूहले विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।

विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको मैदानमा आयोजना हुने आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुवासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने भएका छन् । आमसभा अघि विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनीलगायतका विभिन्न स्थानबाट ११ बजे र्‍याली निकाल्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई चिरामा बाँडिएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।